प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानका लागि अग्रसरता देखाएकी छन् ।
सोतका अनुसार प्रधानमन्त्री कार्कीले स्वास्थ्य बिमामा रहेका समस्या समाधान गर्न सरोकारवाल पक्ष संग छलफल गर्ने भएकी छिन् ।
त्यसकालागि प्रधानमन्त्री कार्कीले बुधबार अपराहन्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक आव्हान समेत गरेकी छिन् ।
लामो समय देखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरे संगै स्वास्थ्य बिमा कार्यक्रम कठिन मोडमा पुगेको थियो ।
स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको भन्दै सेवा बन्द गर्न थालेका थिए ।
भुक्तानीमा समस्या भए पछि बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले केही समय अघि राजिनामा दिई सकेका छन् ।
स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई रु १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।


न्यूज समय
२१ माघ, २०८२, बुधबार ००:००