भारतमा देखिएको निपाह भाईरसको सङ्क्रमण नेपालमा फैलन नदिन निगरानी बढाईएको छ । भारत संग सीमा जोडिएका पश्चिमी सीमा नाकाहरुमा निगरानी बढाईएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार सुदूरपश्चिमका पाँच नाकामा भारतबाट नेपाल भित्रिने यात्रुमाथि विशेष निगरानी राखिएको हो ।
विशेष गरी कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको खलङ्गा, बैतडीको झुलाघाट र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रने यात्रुहरुलाई मध्यनजर गरी हेल्थ डेस्कबाट निगरानी गरिरहेको बताईएको छ ।
नाकामा खटिएका कर्मचारीहरुलाई भाईरसबारे अभिमुखिकरण गराई कोभिड–१९ को समयमा बनाइएका आइसोलेस वार्ड समेत तयारी अवस्थामा राखिएको भेक्टर कन्ट्रोल निरीक्षक जोशीले बताए ।
निपाह भाइरस चमेरो, सुँगुरबाट मानिसम सर्ने भएकाले ती माध्यमबाट जोगिन विशेष ध्यान दिनु पर्ने चिकित्सकहरुले सुझाएका छन् ।
निपाह भाईरस संक्रमित मानिसबाट अन्य मानिसम सर्ने भएकाले पनि जोरो आएका तथा लक्षण देखिएका मानिसहरु संग सर्तक रहन एवं रोकथामका उपाए अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् ।


न्यूज समय
२० माघ, २०८२, मंगलबार ००:००