प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चितका लागि नेपाल प्रहरीको भूमिका निर्णायक हुने बताएकी छन् ।
नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चितका लागि नेपाल प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताएकी हुन् ।
राजनीतिक प्रभाव, दबाव वा पूर्वाग्रहबाट माथि उठेर जिम्मेवारी निर्वाह गर्न सुरक्षा निकायलाई निर्देशन दिदै प्रधानमन्त्री कार्कीले सुरक्षा निकायको निष्पक्षता नै लोकतन्त्रको सुरक्षा कवच भएको जिकिर गरिन् ।
प्रहरी निरीक्षकको भूमिका केवल आदेश पालनामा मात्रै सीमित नरही बर्तमान अवस्थामा देखा परेका अपराधसँगै साइबर अपराध, संगठित अपराध, वित्तीय अपराध, बहुदेशीय अपराध र सामाजिक द्वन्द्वका नयाँ आयामहरू लाई निर्मुल पार्न खालको हुनु पर्नेमा जोड दिईन् ।


न्यूज समय
१९ माघ, २०८२, सोमबार ००:००