रौतहट क्षेत्र न.१ बाट उम्मेदवारी दिएका नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव नेपालको उम्मेदवारी विरुद्ध परेको उजुरी दरपीठ गरिएको छ ।
नेपालको उम्मेदवारी खारेजीको माग गर्दै सोही क्षेत्रका स्वतन्त्र उम्मेदवार रामनरेश राय यादवले उजुरी दिएको रौतहटको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
भ्रष्टाचार मुद्दाका आरोपित रहेको भन्दै नेता नेपालको उम्मेदवारी खारेज गर्न माग सहित दिएको उजुरी दरवीठ गरिएको मुख्य निर्वाचन अधिकृत मनोज केसीले बताए ।
मुख्य निर्वाचन अधिकृत के.सी.ले संविधानमा कुनै पनि मुद्दामा दोषी प्रमाणित नहुँदासम्म उम्मेदवारी खारेजीको प्रावधान नभएको हुँदा उजुरी दरपीठ गरिएको पनि बताए ।
नेपालको पतञ्जली जग्गा हिनामिना सम्वन्धी मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा छ ।


न्यूज समय
७ माघ, २०८२, बुधबार ००:००