केपी ओली संग प्रतिशप्रर्धा गर्न बालेनले झापा ५ बाट उम्मेदवारी दिए, त्यहाँको नतिजा मुलुकै चासो बन्दै

न्यूज समय

दलबल सहित झापा पुगेर बालेन्द्र साह “बालेन”ले त्यहाँको क्षेत्र न. ५ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
बाजा गाजा सहित राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका बालेनको उम्मेदवारीमा भेषराज भट्टराई समर्थक र भूमिनन्द बराल प्रस्तावक बनेका छन् ।

काठमाडौं महानगरपालिकाको मेयर हुँदा खासै जनसम्पर्कमा नजाने उनलाई झापा पुग्दा हेर्न र उनी संग फोटो खिच्चे मानिसको लर्को नै देखिएको थियो ।
कारको पछाडी चढेर कार्यकर्ता तथा शुवेच्छुकलाई हात हल्लाउँदै निर्वाचन कार्यालय पुगेका बालेनको गाडी वरिपरी समर्थक र सहयोगीहरुको ठुलै भिड दखिएको थियो ।

रोचक प्रसंग त झनै नेकपा एमालेका अध्यक्ष केपी ओली संग चुनावमा भिड्ने च्यालेन्जै गरेर हाराउने उद्घोष गर्दै बालने झापा ५ पुगेकोले पनि त्याहाँको चुनवी प्रतिशप्रर्धाको नतिजा मुलुककै चासोको विषय बनेको छ ।

यस अघि भारि मतका साथ प्रतिनिधीसभामा विजयी भएका एमालेका अध्यक्ष ओलीलाई पराजित गर्न सजिलो नरहे पनि जेन–जी आन्दोलनले चाहेको परिवर्तन र युवा नेतृत्वको चाहाना हेर्दा ओलीलाई निकै चुनौति देखिन्छ ।

झापा जानु अघि मधेश प्रदेशको जनकपुरमा सोमबार मैथिलीबाट भाषण गरेका बालेनको भाषणको निकै चर्चा भएको थियो ।
बरिष्ठ नेताको पद सहित राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका बालेनलाई रास्वपाले अवको हुनेवाला प्रधानमन्त्रीको रुपम घोषणा गरिसकेको छ ।