मन्त्रीबाट राजिनामा दिएका डा. महाविर पुनले पनि म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

न्यूज समय

आउँदो फागुन २१ को प्रतिनिधीसभा चुनावमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका डा. महावीर पुनले म्याग्दीबाट उमेदवारी दिएका छन् ।

मन्त्रीबाट राजिनामा दिएका पुन मङ्गलबार बेनीस्थित मुख्य निर्वाचन कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली वैज्ञानिका रुपमा चिनिएका डा.पुनले देशमा सुशासन र राजनीतिक स्थायित्वका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।

राजनीतिमा खासै चासो नदिने डा. पुन जेन–जी आन्दोलन पछि बनेको सरकारमा प्रधानमन्त्री शुशिला कार्कीको प्रस्तावमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, नाङ्गीका डा. पुनले स्वतन्त्र देशव्यापी युवा उम्मेदवारलाई सहयोग गर्न अपिल पनि गरेका छन् ।
वैज्ञानिक भएर पनि साधकी जिवन व्यतित गरिरहेको डा. पुनमा मन्त्री भए पछि राजनीति प्रति चाख बढेको देखिएको छ ।