नेपाली काँग्रेस शेरबहादुर देउवा समुहले निर्वाच आयोग संग निर्वाचन कार्यतालिका स्थनग गर्न माग गरेको छ ।
पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको टोलीले आयोगले गगन समुहलाई दिएको आदिकारीकता बिरुद्ध सर्वोच्चमा आज दिएको रिठको पेसी ६ गतेलाई तोके पछि हाललाई निर्वाचनको कार्यतालिका स्थगनको माग सहित आयोग पुगेको स्रोतले बतायो ।
निर्वाचनको कार्यतालिका अनुसार प्रत्यक्ष तर्फको उम्मेदवारी यही ६ गते दिने व्यवस्था गरिएकोमा सर्वोच्चले माघ ६ गते नै पेसी तोकेकोले त्यसलाई हेरफेर गर्न खाती सहितको टोली आयोग पुगेको हो ।
कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहलाई आयोगले मान्यता दिएपछि देउवा समूह त्यसविरुद्ध आक्रम बन्दै आएको छ । त्यका विरुघ आजै देउवा समुहले सर्वोच्चमा रिठ दायर गरिसकेको छ ।
आफ्नो समुहलाई आदिकारिकता नदिए देशै भरी आन्दोलन गर्ने नेपाली काँग्रेस देउवा समुहका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले चेतावनी दिईसकेका छन् ।


न्यूज समय
४ माघ, २०८२, आईतबार ००:००