मुलुकको भविश्यलाई केन्द्रमा राखेर एकताको यात्रा तय गर्न काँग्रेसलाई प्रेस युनियनको आग्रह

न्यूज समय

नेपाल प्रेस युनियनले नेपाली काँग्रेसलाई लोकतन्त्र र मुलुकको भविश्यलाई केन्द्रमा राखेर एकताको यात्रा तय गर्न आग्रह गरेको छ ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले बुधबार हपराहन्न एक विज्ञप्ती जारी गर्दै बिभाजको अवस्थामा पुगेको काँग्रेसका लागि प्रेस युनियनमा आवद्ध देशै भरिका साथीहरुलाई विचल्लित नभई एकताको पक्षमा अभिमत प्रकट गर्न आव्हान समेत गरेका छन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजिवी पत्रकारको हित प्रबर्धनकालागि लोकतन्त्रको शासन जरुरी रहेको भन्दै विज्ञप्तीमा दलहरुको विभाजनले मुलुक र लोकतन्त्रलाई हित नगर्ने भएकाले एकताको पक्षमा अभिमत प्रकट गर्न भनिएको हो ।

नेपाली काँग्रेसको सुवेच्छुक संस्था भएकै नाताले नेपाल प्रेस युनियनले सवै भन्दा पहिला प्रेस विज्ञप्ती निकाल्दै त्यस्तो आव्हान गरेको हो ।