सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको ज्यान गए पछि त्यहाँको लौकही बजार क्षेत्र बिहान भरी तनाव ग्रस्त बन्यो ।
स्थीति नियन्त्रण बाहिर जान थालेपछि भिड र सडकमा उत्रिएका स्थानीयलाई भगाउन प्रहरीले कैयौं सेल अश्रु ग्याँस प्रहार समेत गरेको छ ।
बिहीबार बिहानै कोशी गाउँपालिका १ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भए पछि स्थानीय ढुंगा मुढा सहित प्रदर्शनमा उत्रिएका थिए ।
भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायत सामग्री लिएर नेपाल तफै आउँदै गरेका साहलाई रोक्न खोज्दा भाग्न थाले पछि सशस्त्र प्रहरीले २ राउण्ड गोलि चलाएको बताईएको छ ।
२ राउण्ड गोली लागेर साहको मृत्यु भए पछि आक्रोशित समूहले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी र तोडफोड गर्नुका साथै पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध समेत गरेका छन् ।


न्यूज समय
१७ पुस, २०८२, बिहीबार ००:००