काठमाडौं उपत्यकामा यस वर्षको आजको दिन सवै भन्दा चिसो दिन बनेको छ । जल तथा मौषम विज्ञान विभागले आज यस वर्ष कै कम न्यूनतम तापक्रम चार दशमलव नौ डिग्रीमा झरेको जनाएको छ ।
विभागको रेकर्ड अनुसार हिजो काठमाडौंको न्यूनतम तापक्रम छ दशमलव आठ मापन गरिएकोमा आज त्यसमा २ डिग्री कम मापन भएको हो ।
यो समय सम्म विगतका वर्षमा बढी चिसो महसुस हुने गरिएको भए पनि यो वर्ष त्यति चिसो महसुश नभएको सर्वसाधारणहरुले बताएका छन् ।
तराईका जिल्लाहरुमा भने बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालयहरु बन्द गर्न थालिएको समाचारहरु आएका छन् ।
बाक्लो हुस्सु र कुहिरोका कारण तराईका सिमरा, जनकपुर, नेपालगंज, धनगढी, विराटनगर लगाएतका केही एयरपोर्टका उडानहरु समेत प्रभावित भएका छन् ।
तराईमा सितलहर नचले पनि अवेर सम्म घाम नलाग्ने र हुस्सु भइरहने गरेका कारण निकै चिसो महसुस गरिएको सर्वसाधारणहरुले बताएका छन् ।
हिमाली जिल्लाहरुमा भने पानी तथा हिमपात पर्ने सम्भावना न्यून रहेको र मौषम सफा रहेको मौषम विद हरि प्रसाद दाहालले बताए ।
बढ्दो चिसोले निमोनिया, दम भएका तथा बालबालिका एवं वृद्धलाई विशेष असर गर्ने भएकाले त्यसबाट बचाउन चिकित्सकहरुले सुझाएका छन् ।
तातो खानेकुरा एवं न्यानो कपडा लागाउने तथा अत्यावश्यक वाहेक साँझ विहान वाहिर हिडडुल नगर्न पनि स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।


न्यूज समय
८ पुस, २०८२, मंगलबार ००:००