मन्त्री घिसिङद्वारा अल्पत्र सडक खण्डहरुको निरिक्षणलाई तिव्रता, अताल्लिन थाले समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीहरु

न्यूज समय

भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले निर्माणाधिन नारायणघाट बुटवल सडक खण्ड अन्तरगत दाउन्ने स्थीत सडकको निरीक्षण गरेका छन् ।

लामो समय देखि पूर्व पश्चिम हिड्ने यात्रुलाई सास्ति दिदै आएको उक्त क्षेत्रको सडकको शनिवार साँझ निरिक्षण गर्दे मन्त्री घिसिङले निर्माण कार्यलाई तिव्रता दिन निर्देशन समेत दिएका छन् ।

कछुवाको गतिमा निर्माण कार्य भईरहेको र आफुहरुलाई यात्रामा सास्ति भएको तिव्र जनगुनासो बढिरहेका वेला उक्त सडक खण्डको निरिक्षण गर्दै निर्माण कम्पनीलाई सडक विस्तारका लागि मेसिन र मजदुर तत्काल थपेर दुई महिनाभित्र सहज रुपमा यात्रायात संचालन हुन मिल्ने सडक तयार बनाउन मन्त्री घिसिङले निर्देशन दिएका हुन् ।

सडक निर्माण कार्यमा ढिला सुस्ति गर्ने तथा समयमा निर्माण कार्य सम्पन्न नगर्ने निर्माण कम्पनीहरुको ठेक्का तोड्ने कार्य सुरु भईरहेको यस अवस्थामा मन्त्री घिसिङ आफै दाउन्ने सडक खण्डको निरिक्षणमा पुगेका हुन् ।

मन्त्री घिसिङ आफै फिल्डमा खटिएर निर्माण अवस्थाको बारेमा जानकारी लिन थालेको र समयमै निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनी संग ठेक्का तोड्ने प्रकृयालाई तिव्रता दिए पछि अहिले निर्माण कम्पनी अताल्लिन थालेको बताईएको छ ।

यो आर्थिक वर्षमा मात्रै सडक विभागले ढिला सुस्ति र समयमै निर्माण कार्य सम्पन्न नगर्ने झण्डै ४० वटा ठेक्का तोडिएको सडक विभागमा महानिर्देशक विजय जैसीले जानकारी दिए ।