नेकपा एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय कार्यसमिति छान्न अहिले मतदान जारी छ । काठमाडौंको भृकुटी मण्डपमा बुधबार (आज) विहान देखि सुरु भएको मतदानमा एक पटकमा ५० जनाले मतदान गर्ने व्यवस्था मिलाईएको निर्वाचन समितिले जनाएको छ ।
मंगलबार वेलुकी देखि नै मतदान हुने भनिए पनि प्राविधिक समस्याका कारण बुधबार विहानलाई मतदान सारिएको निर्वाचन समितिको भनाई छ ।
केपी ओली र ईश्वर पोख्रेलको दुई प्यानलको उम्मेदवारका लागि भईरहेको मतदानमा अध्यक्षका दुई उम्मेदवारले सुरुम मतदान गरेर प्रकृया थालिनी गरिएको थियो ।
डिजिटल भोटिङ मेसिनबाट उम्मेदवारको सुचिमा १५ पाना तयार पारिएको मत पत्रमा मतदान गर्न एक जनालाई झण्डै ३० मिनेट लाग्ने बताईएको छ ।
१९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यलाई मतदान गर्न ३०० पटक मेसिनमा थिचेर भोट हाल्दा झण्झटिलो भएको एक प्रतिनिधीले बताए । निर्वाचनमा भण्डै ६ सयको उम्मेदवारी परेको छ ।
देशै भरिबाट आएका २२ सय ६२ प्रतिनिधीले बेलुका १० बजे सम्ममा मतदान गरिसक्ने गरी व्यवस्था मिलाईएको पनि निर्वाचन समितिले जनाएको छ ।
४० वर्ष मुनिका केन्द्रीय सदस्यहरुका धेरै जसो उम्मेदवार सर्वसम्मत निर्वाचित भइसकेको पनि निर्वाचन समितिले जनाएको छ ।
मतदानकालागि दुवै प्यानलका उम्मेदवारको लिष्टलाई मतदान स्थल सम्म लैजान छुट दिईए पनि मोवाईल भने लैजान दिईएको छैन् ।


न्यूज समय
२ पुस, २०८२, बुधबार ००:००