प्रतिनिधीसभाको चुनावमा अझै एक पटक उम्मेदवार बन्ने चाहाना राखेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नाम प्रत्यक्ष तर्फकालागि डडेल्धुराबाट सिफारिस भएको छ ।
नेपाली कांग्रेस डडेल्धुराले सभापति देउवालाई प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारकालागि नाम एकल सिफारिस गरेको हो ।
नेपाली काँग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदले पूर्वप्रधानमन्त्री देउवाको नाम सर्वसम्मत एकल सिफारिस गर्ने निर्णय भएको बताए ।
पार्टी सभापतिमा उम्मेदवार नवन्ने उद्घोष गर्दै आएका देउवाले अन्तिम पटक निर्वाचन लड्ने इच्छा देखाए पछि उनको नाम जिल्लाबाट एकल सिफारिस गरिएको सभापति साउतले बताए ।
२०४८ साल यता भएका निर्वाचनमा डलेल्धुराबाट देउवा निरन्तर निर्वाचित हुँदै आएका छन् ।


न्यूज समय
२५ मंसिर, २०८२, बिहीबार ००:००