अर्थमन्त्री रामेश्वर खनालले गल्ती गर्नेलाई कानुनले सजाय दिएरै छाड्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औं वार्षिक साधारण सभालाई सोमबार सम्वोधन गर्दै मन्त्री खनालले सडकबाट कसैलाई अपराधीकरण गर्न नमिल्ने बताएका हुन् ।
कानुनी राज्यमा कसैको सम्पत्तिमाथि हमला गर्नु कसैलाई पनि सह्य नहुने बताउँदै मन्त्री खनालले निजी क्षेत्रमाथी प्रहार हुनु दुःखको कुरा भएको बताए ।
आफ्नो सम्पत्ति सिर्जना गर्ने व्यक्तिले व्यक्तिगत तवरले कुनै गल्ती गरेको भए उसलाई कारबाही गर्ने कानुनहरू भएको भन्दै विधि र प्रकृया त्यसमा आक्रशित हुने भएकाले सडकबाट कसैलाई औला ठडाएर अपराधीकरण गर्न कानुनी राज्यमा मिल्दै नमिल्दैन उनको तर्क थियो ।
मुलुकमा लगानी गर्नेलाई सुरक्षाको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री खनालले निर्धक्क लागानी गर्न पनि निजि क्षेत्रलाई आग्रह गरे ।


न्यूज समय
१५ मंसिर, २०८२, सोमबार ००:००