फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दल दर्ता गर्ने समय आज मात्र

न्यूज समय

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम समय आज १० गते सम्मकालागि तोकेको छ ।

मंसिर १ गते खोलिएको दल दर्ताको समयमा मंगलबार सम्म ८० वटा दलले आयोगमा निर्वाचनमा सहभागीता जनाउन दल दर्ता गरिसकेका छन् ।
आयोगको सूचना अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयन पत्र दर्ताको समय तोकिएको छ ।

त्यस्तै सोही दिन बेलुका उम्मेदवारको सूची प्रकाशन हुने एवं मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने दिन ७ माघमा हुने आयोगले जनाएको छ ।
त्यस्तै ८ माघमा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गर्ने तथा पुनः उम्मेदवारको नामावली प्रकाशन गरिनेछ तालिका रहेको छ ।
त्यस्तै माघ ९ मा उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् भने सोही उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने पनि आयोगले जनाएको छ ।

बुधबार आज सम्ममात्र आयोगमा दर्ता भएका दलले फागुन २१ गते हुने निर्वाचनमा भाग लिन पाउँनेछन् ।