प्रहरी प्रधान कार्यालयले जेन–जी आन्दोलनको समयमा भदौ २३ र २४ गते काठमाडौंमा खटिएका प्रहरी इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ ।
जेन–जी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगको पत्रका आधारमा प्रहरी प्रधान कार्यालयले त्यस्तो निर्देशन दिएको हो ।
जाँचबुझ आयोगले बढी क्षति भएका क्षेत्रमा खटिएका इञ्चार्जहरूलाई कुनैपनि बेला उपस्थित गराउनसक्ने भन्दै आयोगको पत्र अनुसार प्रधान कार्यालयले रानीपोखरीलाई पत्र लेखी तत्कालीन इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन भनेको हो ।
जाँचबुझ आयोगले आइतबारदेखि जाँचबुझ तथा सोधपुछ थालिसकेको छ ।


न्यूज समय
१७ कार्तिक, २०८२, सोमबार ००:००