निर्वाचन आयोगको आव्हानमा सर्वदलीय बैठक सुरु

न्यूज समय

सुशिला कार्की नेतृत्वको सरकारले तोकेको निर्वाचनको मिति नजिकिरहेको वेला निर्वाचन आयोगले निर्वाचनको तयारी अगाडि बढाएको छ ।

यसै क्रममा आयोगले निर्वाचन सम्वन्धी छलफलकालागि बिहिबार गरेको आव्हान अनुसार सर्वदलीय बैठक सुरु भएको छ ।
कान्तिपथ स्थित आयोगकै सभाकक्षमा डाकिएको बैठकमा सबै जसो राजनीतिक दलका नेताहरू छलफलमा सहभागि भएको निर्वाचन आयोगले जनाएको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोल पछि भएको सहमति अनुसार ६ महिना भित्र निर्वाचन गराउने गरी सुशिला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।

कार्की नेतत्वको सरकारले प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका तोके संगै दलहरु संग निर्वाचनका लागि आयोगले छलफल सुरु गरेको हो ।

निर्वाचन अयोगका अनुसार आगामी निर्वाचनमा सहभागी हुन चाहने नयाँ दलहरुले कात्तिक मसान्त अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नु पर्नेछ ।