जेनजी आन्दोलका क्रममा मृत्यु भएका ३ प्रहरीको अन्त्यष्टि गरियो, मृतक अन्यको पोष्टमाटम हुन्दै

न्यूज समय

जेनजी आन्दोलनमा कर्तव्य पालनका क्रममा सहादत प्राप्त गरेका तीन प्रहरीको आज अन्त्यष्टि गरिएको छ ।

आन्दोलनका क्रममा मृत्यु भएका महाराजगंजमा कार्यरत प्रहरी सहायक निरिक्षक मिलन राय र जवान उत्तम थापा तथा कोटेश्वर वृतका कार्यरत सहायक हवल्दा अमृत गुरुङको पशुपति आर्यघाटमा दाहासंकार गरिएको हो ।

उनिहरुलाई प्रहरी महानिरिक्षक चन्द्रकुवेर खापुङ लगाएतका प्रहरी अधिकृतहरुले अन्तिम श्रद्धाञ्जली दिएका दिएका थिए ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएका ३६ सव मध्य पोष्टमाटम भएका ३ सव आफन्तले बुझेको शिक्षण अस्पताल स्रोतले बताएको छ । ३४ पुरुष र २ महिला मध्य सनाखत भएका ३ जना प्रहरीको सव आफन्तले बुझेर पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको बताईएको छ ।

त्यस्तै अन्य मृतकको पनि पोष्टमाटम सुरु गरिएको छ । फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले पोस्टमार्टम प्रक्रियाका लागि प्रहरीको पत्र कुर्दा पोस्टमार्टममा ढिलाइ भएको बताए ।

सवको जाँच स्वेच्छाले गर्न नमिल्ने तथा यो घटनालाई ‘गैरन्यायिक हत्या’ को श्रेणीमा राख्नुपर्ने आवाज आएकाले यसमा मानवअधिकार निकाय लगायत अन्तर्राष्ट्रिय प्रोटोकलको समेत पालना गर्नुपर्ने भएकाले हरेक प्रक्रिया सूक्ष्म ढंगले गरिनु पर्ने भएकाले ढिलाई भएको डा. चौधरीको भनाई छ ।

जसमध्य ९ जना मृतका आफन्तले पोष्टमाटमकालागि निवोदन दिएको र सोहि मध्य बाट तीन जनको सव प्रकृया पुर्याएर आफन्तालाई बुझाईएको हो ।

जेनजी आन्दोलनका क्रममा अहिले सम्म प्रदर्शनकारी र प्रहरी गरी जम्म ५१ जनाको मृत्यु भएको छ । जसमध्य केही सवलाई पाटन अस्पताल ललितपुरमा राखिएको र सवको पोष्टमाटम प्रकृया अगाडी बढाईएको बताईएको छ ।