प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिएको दाबी गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले एक वर्षमा विकासका राष्ट्रिय आयोजनाहरूको कामले समेत गति लिएको दाबी गरे । यसअघि टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन नभए पनि अहिले त्यो शुरूआत भएको प्रधानमन्त्री ओलीको दाबी छ ।
नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरू संशोधन भएको र तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढाएको उनले उल्लेख गरेका छन् । गर्नु पर्ने कामहरू अझै धेरै भएकाले सरकारको ध्यान त्यसैमा केन्द्रित रहेको उनको भनाइ छ ।
ओलीले लेखेका छन् –‘हामी सरकारमा आएको एक वर्ष पुग्दै छ । यस बीचमा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ । टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ।’
उनले नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरू संशोधन भएसगै लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्को भन्दै गर्नु पर्ने धेरै कामहरू बाँकी रहेकाले सरकारको ध्यान त्यसैमा केन्द्रित भएको बताएका छन् ।
न्यूज समय
३० असार, २०८२, सोमबार ००:००