नेपाली कांग्रेसले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले गरेको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन आग्रह गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै नागरिक तहबाट राख्नुपर्ने उच्च सतर्कताका लागि अपिल गर्दै द्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
कांग्रेसको अपिलमा भनिएको छ – ‘यो विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।’
वर्षाको समयमा हरेक वर्ष बाढी पहिरोको प्रकोप सामना गर्नुपरेको र बेमौसममै पनि गत वर्ष असोज १२ मा गम्भीर विपत्ति व्यहोर्नुपरेको स्मरण गर्दै कांग्रेसले ऐक्यबद्ध ढंगले प्रकोप सामनामा व्यवस्थित योजनासाथ तत्पर रहन तिनै तहको सरकारलाई आग्रह गरेको छ।
न्यूज समय
२४ असार, २०८२, मंगलबार ००:००