भोटेकोशीमा आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, १८ जना बेपत्ता

न्यूज समय


रसुवागढी नाकास्थित भोटेकोशीमा आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ भने बाढीमा १८ जना बेपत्ता भएका छन्। ३ जना नेपाल प्रहरी, ९ जना नेपाली र ६ जना चिनियाँ मजदुर गरि १८ जना बेपत्ता भएका हुन्। बाढीमा फसेकाहरुको उद्धार गर्न २१ शशस्त्र प्रहरीसहित बिभिन्न प्रहरी कार्यालयहरुबाट ९४ जनाको टोली खटिएको थियो ।

तर, उद्धार गर्ने क्रममा प्रहरी सहायक निरिक्षक लाल बहादुर श्रेष्ठ र प्रहरी जवानद्वय मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा बेपत्ता भएको राष्ट्रिय विपद् जोखि न्यूनिकरण प्राधिकरणले जनाएको छ। एक प्रहरी, एक शशस्त्र प्रहरी र सात स्थानीय गरी ९ जनाको उद्धार गरिएको छ। बाढीले रसुवागढी नाकामा रहेको मितेरी पुल बगाउँदा नेपाल–चीन सम्पर्क बिच्छेद भएको छ।

यस्तै टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी र आठदेखि नौवटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको छ। नेपाल–चीन भन्सार यार्डमा पनि क्षति पुगेको छ। बढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुर्‍याएको छ।