नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ। विसं १९८१ असार १८ गते जन्मेका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो।
जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम कार्यक्रम राखेका छन्।
कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए ।
मुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएर काम गरेका थिए।
न्यूज समय
१८ असार, २०८२, बुधबार ००:००