सुनको मुल्य सुनको मुल्य तोलामा ५ सय बढेर १ लाख ९५ हजार २०० मा कारोबार

न्यूज समय


नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ । शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आइतबार छापावाल सुन प्रति १० ग्राम १ लाख ६७ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

यसैबीच आइतबार चाँदीको मूल्य पनि समान्य बढेको छ । शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।