लायन्सको अन्तर्राष्ट्रिय निर्देशकमा ३२५ आईबाट राजन लम्सालको उम्मेदवारी

न्यूज समय

लायन्स क्लबका पूर्व डिष्ट्रिक्ट गभर्नर तथा सामाजिक अभियन्ता लायन राजन लम्सालले लायन्स क्लब इन्टरनेशनलको अन्तर्राष्ट्रिय निर्देशक पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । नेपालमा लायन्स क्लबको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएका लम्सालले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्न संकल्प व्यक्त गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

लायन्स क्लब इन्टरनेशनलको अन्तर्राष्ट्रिय निर्देशक पदका लागि जेठ २४ गते शनिबार हुने निर्वाचन हुँदैछ । लायन्स क्लबको नयाँ अध्याय र नेपाली सेवाभावको अन्तर्राष्ट्रिय आवाज भएका लम्सालको उमेद्धवारीले खारिएको अनुभव, स्पष्ट दृष्टिकोण र समर्पण सहितको नेतृत्वले नेपाली लायन अभियानमा परियोजना भित्र्याउने, प्रभाव विस्तार गर्ने र संस्थागत समृद्धिमा टेवा पुर्‍याउने सबैले बिश्वास लिइएको छ ।

देश भरका लायन्स कल्बमा आवद्ध ५० हजार बढि लायन कर्मिहरु मध्ये निर्वाचनमा करिब २५ सयले मतदान गर्ने छन् । लम्सालले तीन दशकदेखी सामाजिक सेवामा पूर्ण रूपले समर्पित हुँदै ‘सहयोगी हातहरू’ नामक संस्था स्थापना समेत गरेका छन् । सन् २०१०–११ मा डिष्ट्रिक्ट गभर्नर बन्दा उनले ६५ नयाँ क्लब स्थापना गरी लायन इतिहासमै कीर्तिमान राखेका उनले मल्टिपल काउन्सिल चियरपर्सन, एसएफएमडी चेयरपर्सन, जीएलटी र जीएमटी को–अर्डिनेटर जस्ता विभिन्न जिम्मेवारीमा सक्रिय रहँदै नेपाली लायन बादलाई सफल बनाउन ठूलो योगदान गरेका छन् ।