गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसद बैठकमा नै जवाफ दिने अडान दोहो¥याएका छन् । शुधबार आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए ।
सो समितिको बैठकमा आफूले जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरूसँग आग्रह गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन गरिहरेको छ ।
जसबारेमा गृहमन्त्री रमेश लेखक पनि संलग्न रहेको आरोप लगाउँदै विपक्षी दलहरूले संसद् अवरुद्ध पार्दै आएका छन् । गृहमन्त्री लेखकले संसदमा जवाफ दिँदा सबै सदस्यहरूको प्रश्नको जवाफ आउने भएकोले संसदमै जवाफ दिन चाहेको बताए ।
न्यूज समय
२१ जेष्ठ, २०८२, बुधबार ००:००