काठमाडौंको सतुङगलमा भीषण आगलागी

न्यूज समय


काठमाडौंको सतुङगलमा भीषण आगलागी भएको छ। विहिबार बिहान ५ः२५ बजे चन्द्रागिरि नगरपालिका–११ सतुङगल चोकस्थित कपडा पसल तथा कम्प्लेक्समा विधुत् सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ।

६ वटा दमकलसहति नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

क्षतिको विवरण आउन बाँकी रहेको प्रहरी प्रभाग बलम्बुले जानकारी दिएको छ।