भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवाले काठमाडौंमा

न्यूज समय

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले आजदेखी तीन दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन्। तीन दिनको नेपाल भ्रमणका लागि चौथाईवाले आज बिहान काठमाडौं आइपुगेका हुन् ।

नेपालमा रहँदा उनले राजनीतिक भेटवार्ता गर्ने बताइएको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल, मधेश केन्द्रित दलका नेतालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । चौथाईवाले शुक्रबार स्वदेश फर्किने छन् ।

नेपालका सबै राजनीतिक दलहरुसँग सम्बन्ध अझ प्रगाढ बनाउन उनको भ्रमणको प्रमुख उद्देश्य रहेको जनाइएको छ। बुधवार बिहान काठमाडौं आइपुगेका उनी शुक्रबार फर्किने कार्यतालिका रहेको छ।