सपरिवार थाइल्याण्ड भ्रमण सकेर कांग्रेस सभापति देउवा आज स्वदेश फर्किँए

न्यूज समय

सपरिवार वैशाख ७ गतेदेखि थाइल्याण्ड भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदैछन्। सभापति देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवा र छोरा जयवीर र बुहारी शिवाना आज स्वदेश फर्किएका छन् ।

देउवा उपचारका लागि थाइल्याण्ड गएका थिए भने परराष्ट्रमन्त्री संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवम् सामाजिक आयोग एस्क्यापको ८१ औं सम्मेलनमा सहभागी हुन थाइल्याण्ड गएकी हुन् । सरकार फेरबदलको चर्चाका बीच देउवा थाइल्याण्ड गएपछि नेपाली राजनीतिक तरंगीत बनेको छ।

उनी उपचारमा गएको भन्दै प्रधानमन्त्री ओलीले स्पष्टीकरण नै दिएका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त देउवा थाइल्याण्डबाट फर्किएपछि उनै प्रधानमन्त्री बन्ने दाबी गर्दै आएका छन्।