जम्मू–कश्मीरको बान्दीपोरामा शुक्रबार आतंककारी र सुरक्षा बलबीच मुठभेड भएको छ । भारतीय सेनाले सामाजिक सञ्जाल एक्सबाट मुठभेडको बारेमा जानकारी दिएको छ ।
भारतीय सेनाले एक्समा आतंककारीहरूको उपस्थितिबारे विशेष गुप्तचरको आधारमा भारतीय सेना र जम्मू–कश्मीर प्रहरीले बन्दीपोराको कोल्नेर अजस क्षेत्रमा संयुक्त खोजी अभियान सुरु गरेको उल्लेख छ ।
सेनाका अनुसार आतंककारीसँगको मुठभेड अझै जारी छ । यसअघि बिहीबार उधमपुरमा सुरक्षाबल र आतंककारीहरूबीच भएको भिडन्तमा एक सैनिकको मृत्यु भएको थियो ।
मंगलबार जम्मू कश्मीरको पहलगाममा आतंकवादी हमला भएको थियो । उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको छ ।
न्यूज समय
१२ बैशाख, २०८२, शुक्रबार ००:००