सपरिवार वैशाख ७ गतेदेखि थाइल्याण्ड भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदैछन्। सभापति देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवा र छोरा जयवीर र बुहारी शिवाना आज स्वदेश फर्किन लागेका हुन्।
देउवा उपचारका लागि थाइल्याण्ड गएका हुन् भने परराष्ट्रमन्त्री संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवम् सामाजिक आयोग एस्क्यापको ८१ औं सम्मेलनमा सहभागी हुन थाइल्याण्ड पुगेकी हुन्। सरकार फेरबदलको चर्चाका बीच देउवा थाइल्याण्ड गएपछि नेपाली राजनीतिक तरंगीत बनेको छ।
उनी उपचारमा गएको भन्दै प्रधानमन्त्री ओलीले स्पष्टीकरण नै दिएका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त देउवा थाइल्याण्डबाट फर्किएपछि उनै प्रधानमन्त्री बन्ने दाबी गर्दै आएका छन्।
न्यूज समय
१२ बैशाख, २०८२, शुक्रबार ००:००