बन्द भयो मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) कार्यक्रम

न्यूज समय

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) कार्यक्रम बन्द हुने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन अन्तर्गत एलन मस्कको नेतृत्वमा रहेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डिओजिइ) को निर्णय अनुसार (एमसिसी) कार्यक्रम बन्द हुने भएको हो ।

सन् २००४ मा तात्कालिन राष्ट्रपति जर्ज डब्ल्यु बुसको कार्यकालमा स्थापना गरिएको यो कार्यक्रम विश्वव्यापी गरिबी घटाउने र आर्थिक विकास प्रवद्र्धन गर्ने लक्षले स्थापना भएको थियो ।

डिओजिइले एमसीसीका सबै कार्यक्रमहरू बन्द गर्ने निर्णय गरे पनि मङ्गोलिया, सेनेगल, नेपाल र आइभोरी कोस्टमा जारी केही पूर्वाधार परियोजनाहरूलाई अस्थायी रूपमा जारी संकेत गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको २० जनवरी २०२५ मा जारी कार्यकारी आदेशअनुसार, नेपालमा सञ्चालित एमसिसी परियोजनाहरू ९० दिनका लागि स्थगित गरिएको थियो ।

नेपालमा एमसिसी अन्तर्गतको ५०० मिलियन डलरको अनुदान परियोजना, जसमा ४०० केभी विद्युत् प्रसारण लाइन र सडक सुधार कार्यहरू समावेश गर्न सम्झौता भएको थियो ।

एमसीसीका करिब ३०० कर्मचारीलाई अप्रिल २९ भित्र स्वैच्छिक अवकाश, सेप्टेम्बरसम्म तलबसहितको राजीनामा, वा प्रशासनिक बिदाको विकल्प रोज्न भनिएको छ ।