उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ बर्खास्तीमा परेका छन् । प्रधानमन्त्री केपी ओलीले बुधबार अपरान्ह बर्खास्त गरेका हुन् ।
ठेकेदार समेत रहेका राज्यमन्त्री कान्छाराम विद्युत प्रधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउदा सो विरोधमा थिए । वजेटका विषयमा पनि प्रधानमन्त्री ओली र राज्यमन्त्री कान्छारामबीच विवाद भएको बताइएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले गृहमन्त्री रमेश लेखकलाई कान्छारामको राजीनामा माग्न भनेका थिए ।
लेखकले राजीनामा दिन भनेपनि राजनीनामा नदिने अडान कान्छारामले राखेपछि ओलीले उनलाई बर्खास्त गरेका हुन् ।
न्यूज समय
१० बैशाख, २०८२, बुधबार ००:००