आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्ने तयारी गरिएको छ । सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूसँगको छलफलपछि प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार गरिएको हो । साथै, आगामी जेठ २ गतेबाट प्रि–बजेट छलफल गर्ने प्रस्ताव पनि अघि सारिएको छ । वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त क्यालेन्डर पेस गरिनेछ । बैठकबाट उक्त प्रस्ताव अनुमोदन पनि भएको छ ।
यस्तै प्रतिनिधिसभाको बर्खे अधिवेशनका बैठक शनिबार र सार्वजानिक विदाका दिन बाहेक सबै दिन बसाल्ने प्रस्ताव गरिएको छ । सभामुख देवराज घिमिरेले पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गरेका हुन् ।
सभामुख घिमिरेले आज बसेको मुख्य दलका प्रमुख सचेतकहरूको बैठकमा यस्तो प्रस्ताव गरेका उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । प्रमुख सचेतकहरूको बैठकले सभामुख घिमिरेको त्यस प्रस्ताव अनुमोदन गरेको छ । सोही बमोजिमको क्यालेन्डरबारे वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुने अधिकारीले जानकारी दिए ।
न्यूज समय
१० बैशाख, २०८२, बुधबार ००:००