६ चैत्र २०८०, मंगलवार  |  19 March 2024,Tuesday
Ad

विराटनगरमा प्रचण्ड-नेपाल समूहको विरोध सभा

कपाको प्रचण्ड-नेपाल समूहले विराटनगरमा विरोध सभा गर्दैछ । बिहीबार बुटवलमा  प्रतिनिधि सभा विघटनविरुद्ध विशाल प्रदर्शन गरेको सो समूहले आज विराटनगरमा सभा गर्न लागेको हो ।

विराटनगरको सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । भोलि दाहाल-नेपाल समूहले धनगढीमा विरोधसभाको आयोजना गर्ने भएको छ । सो समूहले काठमाडौँको माइतीघरमा पनि धर्ना जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै नेकपा विभाजित बनेको छ ।

ओली समूह तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले एकअर्कोको चर्को आलोचना गर्दै आएका छन् । 

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*