आपूर्ति प्रयाप्त भए पनि बजारमा एलपी ग्याँसको माग बढ्दो, उपभोक्ता दिनै भरी लाईनमा

न्यूज समय

नेपालमा एलपी ग्याँसको माग दिन प्रति दिन बढ्दै गएको छ । नेपाल आयल निगम (NOC) का अनुसार भारतबाट हुने ग्याँसको आयात नियमित भए पनि बजारमा ग्याँस अभाव भएको भन्दै उपभोक्ताहरु ग्याँस लिन दिनै भरी जसो लाईनमा बस्ने गरेका छन् ।

दैनिक औसत १ लाख १० हजार सिलिन्डर माग रहेको नेपालमा हाल दैनिक १ लाख ३० हजार सिलिन्डर बराबरको ग्याँस भित्रिरहे पनि बजारमा माग भने बढिरहेको देखिन्छ ।

केही समय अघि मध्यपूर्वमा भएको युद्धका कारण आपुर्तिमा अवरुद्ध भए पछि आयल निगमले १४.२ कजीको ग्याँस सिलिण्डरलाई आधा ७.१ केजीको बनाई वितरण गर्दै आएको थियो । तर आयल निगमले साउन देखि आयातमा सहज भएको भन्दै फेरी भरि सिलिण्डर बजारमा पठाएको थियो ।

अहिले पुनः बजारमा ग्याँसको माग बढे संगै ग्याँस पसलहरुमा उपभोक्ताको लामै लाईन देखिन थालेको छ ।


ग्याँसको आपूर्तिमा कमि भएको भन्दै उपभोक्ताले घरमा स्टक राख्न थाले पछि बजारमा माग बढेको हुन सक्ने नेपाल आयल निगमको अनुमान छ ।
त्यस्तै ग्याँसको कालोबजारी रोक्न आयल निगमले उद्योग र डिलरहरूमार्फत कति सिलिन्डर बिक्री भयो भन्ने विवरण (रेकर्ड) राख्न समेत निर्देशन दिएको छ ।

भारतबाट आयात हुने ग्याँसको मात्रा प्रयाप्त भएकाले पनि उपभोक्तालाई नअत्तित भन्दै अनावश्यक भण्डारण नगरे बजारमा ग्याँसको आपूर्ति सहज हुने समेत आयल निगमको भनाई छ ।