अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीहरूका स्वकीय सचिवहरूको सम्पत्ति विवरणमा पनि अनुसन्धान थालेको छ ।
अख्तियार स्रोतका अनुसार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको शासनकालमा स्वकीय सचिव रहेका भानु देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको छोरी एवं स्वकीय सचिव गंगा दाहालको सम्पत्ति विवरणको अनुसन्धान थालेको हो ।
त्यसकालागि अख्तियारले पूर्व प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवा र प्रचण्डकी छोरी गंगा दाहालको सम्पत्ति विवरणकालागि १३ पाने फारम भराई अनुसन्धान थालिएको छ ।
अख्तियारले उनिहरुको नाममा रहेको तथा परिवारको नाममा रहेको चल अचल सम्पत्तिको छानविन हुने समेत अख्तियार स्रोतको भनाई छ ।
स्रोतका अनुसार अख्तियारमा परेको उजुरीका आधारमा उनिहरुको सम्पत्तिको छानविन थालिएको बताईएको छ ।
यसअघि अख्तियारले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको सम्पत्ति विवरणमा पनि अनुसन्धान थालेको थियो ।


न्यूज समय
२५ श्रावण, २०८३, सोमबार ००:००