करार सरकारी कर्मचारीहरुले सिंहदरवार स्थीत अर्थमन्त्रालयको गेटमा धर्ना दिएका छन् ।
सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै करार कर्मचारीले मंगलबार मन्त्रालयका १८ वटै मुख्य प्रवेशद्वारमा धर्ना दिएका हुन् ।
साथै उनिहरुले यो प्रकृयाले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै निर्णय तुरुन्त फिर्ता लिन माग गरेका छन् ।
कर्मचारीहरुले आफुहरुको सेवाको सुनिश्चिता गर्न समेत सरकार संग आग्रह गरेका छन् ।


न्यूज समय
३० असार, २०८३, मंगलबार ००:००