उमेदवारले उजुरी नै नगरी नेपाली कांग्रेसले पूर्वमन्त्री दीपक खड्कासहित संखुवासभाका ३ नेतालाई चुनावमा अन्तर्घात गरेको भन्दै स्पष्टीकरण सोधेको छ । विषेश महाधिवेशनका नाममा देशभर नेता कार्यकर्तामाथि कसरी कारवाहीको डण्डा चलाइदै छ भन्ने उदाहरण बनेको छ संखुवासभाका नेताहरूमाथिको कारवाही । उमेदवार आफैले कसैलाई दोष नदिएको अवस्थामा पनि फरक विचार समूहका नेतामाथि भएको कारणवाहीले विषेश महाधिवेशनबाट आएको नेतृत्वको चरित्र उदागों भएको छ ।
केन्द्रीय अनुशासन समितिले खड्कासहित संखुवासभाका जिल्ला सचिव कुमारबहादुर अधिकारी र समानुपातिक उम्मेदवार थलकुमार लिंखालाई ५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ । बिषेश महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि तारामान गुरुङलाई अनुशासन समितिको संयोजक बनाएका थिए । संखुवासभाका नेता तारामानले आफू भन्दा फरक विचार समूहमा रहेका नेताहरू दिपक खड्का, कुमारबहादुर अधिकारी र थलकुमार लिंखालाई स्पष्टिकरण सोधेका हुन् ।
तर फागुन २१ गतेको चुनावमा संखुवासभाका उमेदवार दिपन कुमार श्रेष्ठले भने फाल्गुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भलाई जोडेर नेपाली कांग्रेसको केन्द्रिय अनुशासन समितिले संखुवासभा जिल्लाका नेपाली कांग्रेसका नेताहरुलाई स्पष्टीकरण सोधिएको पत्रहरु फेसबुक सार्वजनिक भएको देख्दा मेरो गम्भीर ध्यान आकर्षण भएको जनाएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन् – ‘मैले आफू उम्मेदवार भएर पराजित भैरहंदा नेपाली कांग्रेस जिल्ला कार्य समिती संखुवासभाको कार्यालय खांदबारीमा पत्रकार सम्मेलन गरि उक्त पत्रकार सम्मेलन मार्फतनै पराजयको जिम्मा म स्वयम् आफैले लिन्छु भनेर संचार माध्याम र सामाजिक संजाल मार्फत भिडियो सन्देश जारी गरेको थिए । मैले उम्मेदवारको हैसियतमा केन्द्रिय अनुशासन समितिमा कोही कसैका विरुद्ध कुनै पनि उजुरी नदिएको र अरु कसैले उजुरी दिएको भए आफुलाई जानकारी नभएको ब्यहोरा सबैमा जानकारीका लागि अनुरोध गर्दछु । जय नेपाल ।’


न्यूज समय
२५ जेष्ठ, २०८३, सोमबार ००:००