शुक्रबार राति तराईका २१ जिल्लामा ठुलो हावाहुरी चल्ने मौसम विज्ञान विभागको चेतावनी

न्यूज समय

जल तथा मौसम विज्ञान विभागले शुक्रबार राति तराईका २१ जिल्लामा ठुलो हावाहुरी चल्ने चेतवनी दिएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले पूर्वी, मध्य तथा पश्चिम तराईका झण्डै २१ जिल्लामा शुक्रबार राति ठुलो हावाहुरी चन्न सक्ने चेतावनी दिएको हो ।

महाशाखाले फेसबुक पेजमार्फत् शुक्रबार राति चल्ने हावाहुरीले पार्न सक्ने सम्भावित घटनाबाट बच्न सतर्क रहन पनि भनेको छ ।

महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, नवलपरासी बर्दघाट सुस्ता पूर्वका स्थानीय बासीलाई सतर्क रहन आग्रह गरेको छ ।

त्यस्तै चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा जिल्ला सम्मका स्थानीय नागरिकलाई पनि सतर्क रहन आग्रह गरिएको छ ।

महाशाखाका अनुसार हावाहुरी सहित कतिपय ठाउँमा असिना पानी पनि पर्ने सम्भावना समेत देखिएको बताईएको छ ।

त्यस्तै महाशाखाले पहाडी क्षेत्रका बासिन्दाले मौसम सम्वन्धी हुन सक्ने घटनाका बारेमा जानकारी लिदै गर्न पनि सूचनामार्फत भनेको छ ।