गृहमन्त्रालयले ७७ वटै जिल्लामा अतिक्रमित जग्गामा बनेका संरचना हटाउन जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।
देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई पत्र पठाउँदै सम्बन्धित निकायको सहयोग र समन्वयमा जिल्लामा रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी उक्त जग्गाहरूमा रहेको अतिक्रमण हटाउने योजना सम्बन्धित निकायबाट माग गरी मन्त्रालयमा पठाउन परिपत्र गरेको हो ।
बुधबार बसेको सचिवस्तरीय निर्णयले अतिक्रमण हटाउने कार्यका लागि सुरक्षा प्रबन्ध लगायतका आवश्यक सहजीकरण गर्न समेत जिल्ला प्रशासनलाई भनेको छ ।
काठमाडौंबाट सुरु गरिएको यो अभियानमा सरकारले सवै जिल्लामा पनि सञ्चालन गर्ने कार्यलाई तिव्रता दिएको हो ।
पहिलो चरणमा काठमाडौंका सबै नदी किनारमा बनेका अतिक्रमित संरचना हटाइन सुरुगरे संगै अन्य जिल्लामा पनि यो अभियानलाई कार्यान्वयनमा लगेको हो ।
सरकारले यस अघि चैत २० गते सहजिकरणकालागि सवै जिल्ला प्रशासनमा परिपत्र गरिसको छ ।


न्यूज समय
१७ बैशाख, २०८३, बिहीबार ००:००