संसद् अधिवेशन अन्त्य गरेर सरकारले एकैपटक ६ वटा अध्यादेश जारी गर्न सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूसंग छलफल थालेका छन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार, अध्यादेशमा रहेका कानुनी र संवैधानिक जटिलताबारे छलफल गर्न राष्ट्रपतिले आज दिउँसो ४ बजे वरिष्ठ कानुनविद्हरूलाई शीतल निवास बोलाएका छन्।
छलफलका लागि वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, टीकाराम भट्टराई, पूर्णमान शाक्य, भीमार्जुन आचार्य, विपिन अधिकारी, शेरबहादुर केसी र ललित बस्नेतलाई आमन्त्रण गरिएको छ।


न्यूज समय
१७ बैशाख, २०८३, बिहीबार ००:००