नेपाली सेनाले सम्भावित विपद् जोखिम नक्सांकन गर्नको लागि सुकुम्वासीहरूको विवरण संकलन गर्ने कार्यभएको स्पष्ट पारेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार जारी गरि सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा नेपाली सेनाले सुकुम्वासीहरूको विवरण माग गरेको सम्बन्धमा विभिन्न खबरहरू प्रकाशन र प्रसारण भइरहेको ध्यानाकषर्ण भएको भन्दै सो स्पष्ट पारेको हो ।
विज्ञप्तीमा नेपाली सेनाका स्थानीय युनिटहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा हुन सक्ने विपद्का घटनाहरूमा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण र पुनर्स्थापनाका कार्यहरूलाई सहज बनाउने उद्देश्यका साथ सम्भावित जोखिम नक्सांकन गर्नका लागि तथ्यांक अद्यावधिक गर्ने कार्य गरिएको उल्लेख गरेको छ ।
विगतका वर्षहरूमा भएका विपद्का घटनाहरूलाई समेत मध्यनजर गर्दै नजिकिँदै गरेको वर्षातको समयमा बाढी, पहिरो, डुबान र नदी कटानबाट हुन सक्ने जोखिमलाई दृष्टिगत गरी सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्दै मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारीको योजना गर्दै आएको दाबी सेनाको छ ।


न्यूज समय
१६ बैशाख, २०८३, बुधबार ००:००