रास्वपाका उपाध्यक्ष डीपी अर्याल सभामुखमा निर्विरोध चयन

न्यूज समय

प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाटका उम्मेदवार डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् ।

संसद् सचिवालयले शुक्रबार बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकेको समय सिमा भित्र रास्वपा तर्फबाटका उम्मेदवार डीपी अर्यालको मात्र उम्मेदवारी परे पछि उनि समाभुखमा निर्विरोध चयन भएका हुन ।

सभामुखमा अर्यालको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने रहेका थिए भने समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानूनमन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेको संसद् सचिवालय स्रोतले बतायो ।

झण्डै दुई तिहाई बहुमत रहेको रास्वपाको उम्मेदवार संग प्रतिपक्ष लगाएत अन्य कुनै पनि दलले उम्मेदवार दिएनन् ।
अर्यालय राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति हुन् ।

काँग्रेस र नेकपाले रास्वपाका उम्मेदवरा डीपी अर्याललाई समर्थन गर्ने यस अघि नै जनाएको थियो ।

अर्याललाई २२ गते आईतबार बस्ने प्रतिनिधिसभा बैठकले सभामुखमा निर्वाचित भएको घोषणा गर्ने छ भने लगतै सपथ ग्रहण कार्यक्रम हुने छ । त्यस पछि हुने प्रतिनिधिसभा बैठक अर्यालयको अध्यक्षतामा बस्ने छ ।