सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशमा सपना प्रधान (मल्ल)

न्यूज समय

वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च अदालतको कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन् ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षको उमेर हदका कारण मंगलबार अवकाश भएपछि वरिष्ठतम न्यायाधीश प्रधान मल्लले आज (बुधबार) देखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी हुन् ।

१७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी वरिष्ठ न्यायाधीश प्रधान मल्ल नेपालको संविधानको धारा १२९ को उपधारा (९) मा भएको व्यवस्था बमोजिम आज देखि सर्वोच्चको बागडोर उनको मातहतमा गएको हो ।

यस अघि नै न्यायपरिषदले प्रधानन्यायाधीश पदका लागि योग्यता पुगेका सर्वोच्च अदालतका ६ न्यायाधीशको रोष्टर संवैधानिक परिषदमा पठाएको मध्य प्रधान मल्ललाई कामुको जिम्मेवारी दिईएको हो ।

मल्ल संगै वरिष्ठतम सूचीमा न्यायाधीश कुमार रेग्मी, हरि फुयाल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम पनि समावेशमा परेको थियो ।