संसद् सचिवालयको सर्वदलीय बैठक आज (बुधबार)कालागि डाकिएको छ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा चुनाव पछि संसद् सचिवालयको बैठक आज पहिलो पठक बोलाईएको हो ।
बैठक दिउँसो २ बजे सिंह दरवार स्थीत संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बस्ने गरी बोलाईएको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुने व्यवस्था मिलाईएको छ ।
यसपटकको बैठकमा ६ दल राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्यूनिष्ट पार्टी, श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र निर्वाचित सांसद महाविर पुन मात्र बैठकमा सहभागी हुने छन् ।


न्यूज समय
१८ चैत्र, २०८२, बुधबार ००:००