बालेन रास्वपाको प्रतिनिधीसभा संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने औपचारिक बाटो खुल्यो

न्यूज समय

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेपालको प्रधानमन्त्री बन्ने बाटो औपचारिक रुपमा खुलेको छ ।
प्रतिनिधीसभा सदस्यहरुको सपथ ग्रहण लगत्तै बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले बालेनलाई प्रतिनिधीसभा संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरे पछि उनलाई नेपालको प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा पार्टी सभापति रवि लामिछानेले बालेनलाई संसदीय दलको नेता बनाउन गरेको प्रस्ताव सर्वसम्मत पारित भएको थियो ।

सांसदको रुपमा सपथ खाएका शाहले भोलि दिउँसो १२ बेजेर ३४ मिनेटमा नेपालको प्रधानमन्त्रीको समपथ लिने तयारी गरेका छन् ।
गत फागनु २१ को प्रतिनिधीसभा चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा बालेनलाई घोषणा गरेर चुनावमा होमिएको रास्वपालाई झण्डै दुई तिहाईको बहुमत दिएर जनताले अनुमोदन गरेका छन् ।

विशेष त नेकपा एमालेका अध्यक्ष तथा जेनजी आन्दोलनबाट अपदस्त प्रधानमन्त्री केपी ओली संग खुल्ला च्यालेन्ज गरेर ओलीको क्षेत्र झापा ५ बाट प्रतिनिधीसभा चुनावको उम्मेदवार बनेका बालेनको चुनावी प्रतिशप्रर्धा विश्वमै रोचक बनेका थियो ।

सेलिब्रेटीका रुपमा प्रस्तुत भएको देखिने बालेनले ओलीलाई अत्यधिक मतले हराउँदै विजयी भए संगै उनको प्रसंशा र जन अपेक्ष झनै बढेको देखिएको छ ।