यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारीमा रहेका बालेन शाहको नेतृत्वको मन्त्री मण्डल चयन अन्तिम चरणमा पुगेको छ ।
पार्टी सभापति रवि लामिछाने, बरिष्ठ नेता बालेन शाह, उपाध्यक्ष डिपी अर्याल र स्वार्णिम वाग्ले लगाएतका नेताहरु मन्त्रीहरु छनोटको कार्यलाई अन्तिमरुप दिन जुटेका छन् ।
धेरै जसो मन्त्रालयको टुंगो लागि सके पनि केहि मन्त्रालय कस्लाई दिने भन्ने बारेमा छलफल चलिरहेको र त्यो चाँडै टुंग्याउने रास्वपाको भनाई छ ।
चाुनावी बाचापत्रलाई कार्यान्वयनमा लैजान खोजेको रास्वपाले १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद बनाउनेबारे छलफल भइरहेका बेला प्रधानमन्त्रीको शपथको दिन सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारीमा रास्वपा जुटेको हो ।
पार्टी सञ्चालनमा राम्रो र सक्रिय टिम चाहिने भएकाले पनि केही नेतालाई रिजर्भमा राखेर पार्टीको सचिवालय सञ्चालन गरिने तयारी रहेको पनि बताईएको छ ।


न्यूज समय
१० चैत्र, २०८२, मंगलबार ००:००