निर्वाचन अयोगले गत फागुन गत २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ ।
निर्वाचन आयोगमा आयोजित कार्यक्रममा विभिन्न छ दलबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका ११० सांसदहरुलाई प्रमाण पत्र प्रदान गरिएको हो ।
आयोगले सोमबार सार्वजनिक गरेको निर्वाचनबाट निर्वाचित ६ लदलका ११० सांसदको नामावली अनुसार आज प्रमाणपत्र दिएको हो ।
आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार÷चार जना सांसद निर्वाचित भएका थिए ।
आयोगले आजै प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउँदै छ ।
सोहि परिणाम सहितको समग्र प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने बताईएको छ ।
नयाँ जनादेश अनुसार बहुमत प्राप्त रास्वपाले यही चैत्र १० गते भित्र नयाँ सरकार गठनको तयारी थालेको बताईएको छ ।


न्यूज समय
५ चैत्र, २०८२, बिहीबार ००:००