सरकारी काममा सर्वसाधारणले सास्ती खेप्नु परेको गुनासो बढे पछि प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवा प्रवाहस्थितिबारे प्रत्यक्ष अनुगमन गरेका छन् ।
नागरिकले पाउने सरकारी सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बारे बुझ्न प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याल सोमबार जिल्ला प्रशासन कार्यालयको आकस्मिक निरीक्षणमा पुगेका हुन् ।
कार्यालयको निरिक्षण गर्दै प्रधानमन्त्री कार्कीले त्यहाँ कार्यरत कर्मचारीहरूलाई छिटोछरितो र झन्झट रहित रूपमा सेवा प्रवाह गर्न निर्देशन दिएकी थिईन् ।
सेवा ग्राहिका गुनासा प्रत्यक्ष सुनेकी प्रधानमन्त्री कार्कीले सेवाग्राहीले सहज र सरल तरिकाले सेवालिने वातावरण सृजर्ना गर्न समेत निर्देशन दिईन् ।
गृहमन्त्री अर्यालले प्रशासनको कामकारबाहीलाई थप पारदर्शी बनाउन र विचौलियाहरूको अन्त्य गर्न मन्त्रालयले शुन्य सहनशीलताको नीति अपनाएको बताए ।
सरकारी कार्यालयहरूमा सेवा लिन जाँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको, लामो समय लाइनमा बस्नुपरेको र विचौलियाको बिगबिगी बढेको गुनासो आएको भन्दै त्यस्तो भेटिए जो कोहिलाई कारवाही गरिने पनि गृहमन्त्री अर्यालले बताए ।


न्यूज समय
२ चैत्र, २०८२, सोमबार ००:००