अन्जली वृहत् सुसेली काव्याञ्जलिको विहिबार एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको छ । सुख शान्ति मिडियाद्वारा काठमाडौंको माछापोखरीमा आयोजित उक्त लोकार्पण कार्यक्रममा समीक्षक ध्रुव गजुरेलले कृतिको समीक्षा गर्दै, जसरी सुन्दर डिजाइन गर्न माहिर ई. गौडेलले शब्दको पनि त्यसरी नै सशक्त शिल्पी देखाएको बताए । कृतिको उच्च प्रशंसा गर्दै गजुरेलले गौडेलका शव्द तथा कलाले आफ्नो मन छोएको प्रतिकृया दिएका थिए ।
त्यस्तै वरिष्ठ साहित्यकार चन्द्रा न्यौपानेले ई. वेदप्रसाद गौडेलको कलाकारितामा जस्तै साहित्यमा पनि उत्तिकै सशक्त रूपमा उदाएको बताईन । लेखक गौडललाई बधाई तथा शुभकामना दिदै न्यौपानेले भविश्मा पनि उनका यस्तै कृति आउने बिश्वास पनि व्यक्त गरिन् ।
सुसेली उपविधाका प्रवर्तक एवम् राष्ट्रिय सुसेली फाउण्डेसनका संस्थापक केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद अधिकारी “भमरकोटे”को सभापतित्व तथा दिप्सन गौडेलको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा सम्पादक शिव शर्मालाई कुशल सम्पादक सम्मान र ई. वेदप्रसाद गौडेललाई “सुसेली सम्राट” को पदवीसहित सम्मान समेत गरिएको छ ।
कार्यक्रममा बोल्दै लेखक गौडेलले सम्राट उपाधिले झनै जिम्मेवारी बोध भएको बताउँदै सुसेली विधाको विकास र बिस्तारका लागि लागी पर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सरस्वती अर्याल, रेखा महर्जन, सत्यनारायण ढकाल, सावित्री के.सी, भोजभक्त कडेल, विष्णु गुरूङ र उमा विडारीले आ–आफ्ना सुसेली गायन प्रस्तुत गरेर कार्यक्रममा मनोरञ्जन थपेका थिए ।
टंकबहादुर बजगाई खत्री, रसुवाली कविले शुभकामना व्यक्त गरको समारोहमा साहित्यकार भोजभक्त कडेल, साहित्यकार कल्पना अधिकारी भट्टराई र दिप्सन गौडेलको जन्मदिन एवम् पार्वती रिमाल र राजन रिमालको वैवाहिक वर्ष उत्सवसमेत मनाइएको थियोे ।
राष्ट्रिय सुसेली फाउन्डेसनका संस्थापक केन्द्रीय महासचिव एवम् सुख शान्ति मिडियाका प्रबन्ध निर्देशक दामोदर ढकाल ’दीपक’ ले सहजिकरण गरेको कार्यक्रममा शिक्षाविद् इन्द्रविलास घिमिरे, व्याकरणविद् पुरुषोत्तम भण्डारी, सम्पादक शिव शर्मा, प्रकाशक लेखक ई. वेदप्रसाद गौडेलकी जीवन सँगिनी धन गौडेल, डा. ध्रुव गजुरेल, क्रान्तिकारी कवि रसुवाली कवि, सुसेली फाउन्डेसनकी संस्थापक केन्द्रीय उपाध्यक्ष सुशीला ढकाल अधिकारीको उपश्थिति थियो ।
त्यस्तै पूर्व सेनानी टङ्कबहादुर बजगाई खत्री, गायक/नायक रामशरण पाण्डे, कलाकार/निर्देशक नवीन घिमिरे, व्यवसायी/समाजसेवी टपेन्द्र के.सी., राष्ट्रिय सुसेली फाउन्डेसनका अक्षयकोष दाता साहित्यकार सरला ओझा “सिर्जना”, मंगल श्रेष्ठ, बन्दन गौडेल, सुनिता बुढाथोकी, पार्वती घिमिरे पौडेल, अमृता कौशल, कृष्णप्रसाद पौडेल जस्ताघरे, विश्वास ढकाल लगाएत दर्जनौ साहित्यकारहरुको पनि सहभागिता थियो ।


न्यूज समय
१५ फाल्गुन, २०८२, शुक्रबार ००:००